काठमाडौं : नेपालमा हवाई भाडा पनि बढेको छ । आज (शुक्रबार ) बाट लागू हुने गरि विभिन्न सेक्टरमा न्यूनतम ३५ देखि अधिकतम दुई २० रुपैयाँसम्म भाडा बढाइएको छ ।
नेपाल आयल निगमले यही फागुन ४ गते हवाई इन्धनको मूल्य ६७ रुपैयाँ पुर्याउँदा हवाई भाडा समायोजन गरेको वायु सेवा सञ्चालक संघले बिहीवार नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । दुई सातामै इन्धनको मूल्य बढेपछि हवाई सेवाप्रदायक कम्पनीहरूले भाडा बढाएका हुन्।
इन्धनको मूल्य बढेसँगै फागुन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर ७२ रुपैयाँ पुगेको छ । हवाई शुल्क यात्रुहरूले तिर्ने कुल रकमबाट नै असुलिन्छ ।