साउन १६, २०७८ शनिबार

दार्चुला,१६ साउन । दार्चुलामा स्थानीयहरू आन्दोलित बनेका छन् । जिल्लाकोे मालिकार्जुन गाउँपालिको वडा नम्बर ३ का स्थानियहरूले बजार क्षेत्र र ग्रामीण क्षेत्रमा विद्युत्‌करण हुनुपर्ने माग गर्दै शनिबार यातायात सेवा बन्द गरेका हुन् ।

बिहान ७ बजेदेखि आन्दोलनकारीहरूले महाकाली राजमार्गमा यातायातसमेत बन्द गरेको स्थानीय गणेश धामीले बताए । विद्युत् प्राधिकरणबाट प्रतिनिधि आएपछि छलपल गर्ने र माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरू तय गर्ने स्थानीहरूले चेतावनी दिएका छन् ।