एजेन्सी : स्पेनिस कोपा डेल रे नकआउटका फुटबल प्रतियोगिताको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुने भएको छ ।
विल्वाओले दोस्रो लेगमा लेभान्टेलाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । विल्वाओले लेभान्टेलाई समग्रमा ३-२ ले पराजित गर्दै बार्सिलोनासँग फाइनलमा भेट पक्का गरेको हो ।
अब बार्सिलोना र विल्वाओबीचको फाइनल खेल १७ अप्रिलमा सेभिल्लाको मैदानमा हुनेछ ।