काठमाडौं, साउन १६ गते । भारत र चीनबीच आज १२ औं चरणको सैन्य कमाण्डर स्तरीय वार्ता हुने भएको छ । सीमा विवाद समाधानका लागि दुवै राष्ट्रका सैन्य अधिकारीहरूबीच आज मोल्डोमा वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
वार्ताको माध्यमबाट दुवै राष्ट्रबीचको प्योङ्ग्याङ तालको विवाद साम्य भइसकेको छ भने गोग्रा उचाइ र हट स्प्रिङ्गमा देखिएको विवाद समाधानका लागि दुई देशका सैन्य अधिकारी छलफलमा जुटेका छन् । भारतीय सेनाको स्रोतलाई उद्धृत गर्दै एएनआईले ‘वास्तविक नियन्त्रण रेखा’ पारि चिनियाँ भूभागमा वार्ता हुन लागेको उल्लेख गरेको छ ।