एजेन्सी । साविको फ्रेन्च लिग वान विजेता लिलले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै लिल च्याम्पियन बनेको हो ।
ब्लुमफिल्ड स्टेडियमा भएको फाइनलमा लिललाई जित दिलाउन सेकाले निर्णायक गोल गरे । उनले खेलको ४५ औं मिनेटमा सेकाले गोल गरेका थिए । उनले बुराक यिल्माजको पासलाई सदुपयोग गरे । उक्त जित सँगै लिलले पहिलो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको हो ।
पीएसजी भने सुपर कपको सर्वाधिक सफल टिम हो । पीएसजीले १० पटक सुपर कप जितेको छ । लिग वान च्याम्पियन र कोप डे फ्रान्सबीचको विजेताले सुपर कपको उपाधिका लागि खेल्ने गर्छन् ।