फागुन ३, २०७७ सोमबार

काठमाडौ

फागुन १२ देखि १५ गतेसम्म पोखरा रंगशालामा "स्व.महेश खड्का स्मृती क्लब स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता-२०७७" हुने भएको छ।
स्व. महेश खड्काको सम्झनामा युनाइटेड पोखरा क्लब कास्कीले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो। 

 स्व.महेश खड्का राष्ट्रिय भलिबल खेलाडी समेत रहेका थिए। उनि सानै उमेरमा नै राष्ट्रिय भलिबल खेलमा सहभागी भएका ठुलो सम्भावना बोकेका खेलाडी थिए।
स्याङ्जा जिल्ला विरुवा गा.पा.–१ मा जन्मेका खड्काको २०७५ भाद्र ३ गते २२ वर्षको उमेरमा नै असामयिक निधन भएको थियो।

"समाजमा कुरिति, विसंगति र नकरात्मक क्षेत्रमा युवाहरु हिड्ने अबस्था सृजना नगर्न खेल क्षेत्रले सुधारगृहको काम गर्दछ। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य हो तर त्यो पूरा नभएपनि स्वस्थ्य बनी सवल नागरिक उत्पादन हुनुपनि ठूलो बिषय हो।" मूल आयोजक समिति उपाध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मण काप्रीले बताए। 
काप्रीका अनुसार पुरुष भलिबल प्रतियोगितामा प्रथमलाई ८० हजार, द्वितीय लाई ५० हजार र महिला भलिबल प्रतियोगितामा प्रथमलाई २५ हजार द्वितीयलाई १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको जनाए। साथै विद्यागत पुरस्कार समेत समावेश भएको उनले थपे।