काठमाडौं । चाथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा राष्ट्रिय पुरुष क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किङ्ग्स एलेभनको कप्तानी गर्ने भएका छन् ।
काठमाडौं किङ्ग्सले सोमबार सन्दीपलाई कप्तानीको जिम्मेवारी सुम्पिएको हो । काठमाडौं किङ्ग्सले सन्दीपको जन्मदिनको अवसर पारेर उनलाई कप्तानमा नियुक्त गरेको हो । सन्दीप आजबाट २१ वर्ष पूरा गरी २२ वर्ष लागेका छन् ।
यस्तै, इपिएलले जन्म दिवसको अवसर पारेर कप्तानको जिम्मेवारी पाएका सन्दीपको आगामी वर्षमा सफलताको कामनासमेत गरेको छ । इपिएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
काठमाडौं किङ्ग्सले इपिएलका लागि पाकिस्तानका पूर्व–क्रिकेटर शाहिद अफ्रिदीलाई अनुबन्धन गरेको थियो ।