एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकमा स्विडेले महिला फुटबलको उपाधि भिडन्त पक्का गरेको छ । यससँगै फाइनल प्रवेश गर्ने दुवै टोलीको टुङ्गो लागेको छ ।
योकोहामा अन्तर्राष्ट्रिय रंगशालमा सोमबार भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियामाथि १-० गोल अन्तरको जितसँगै स्विडेनले क्यानडासँग उपाधि भिडन्त पक्का गरेको हो । खेलको ४६ औं मिनेटमा फ्रिडोलिना रोल्फोले गरेको एक मात्र गोल स्विडेनलाई दोस्रोपटक फाइनल पुर्याउन पर्याप्त बन्यो ।
उसले सन् २०१६ को रियो ओलम्पिकमा रजत हात पारेको थियो । स्विडेनले दक्षिण कोरिया र अस्ट्रेलिया बेलायतलाई हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए । स्वर्णको लागि अगस्ट ६ मा स्विडेनले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
क्यानडा अमेरिकालाई हराउँदै फाइनल प्रवेश गरेको हो ।