साउन १९, २०७८ मंगलबार

नेपाली बजारमा आज (सोमबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार तीन सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज घटेको छ । चाँदी आज तोलाको १० रूपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय ८५ रुपैयाँमा नै कारोबार भएको थियो ।