एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकमा ब्राजिल पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा ब्राजिलको यु–२३ टोलीले मेक्सिकोको यु–२३ टोलीलाई पेनाल्टीमा ४–१ गोलले हराउँदै ब्राजिल फाइनलमा पुगेको हो । कासिमा स्टेडियममा निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
जसमा ब्राजिलले मेक्सिकोलाई ४–१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । ब्राजिलको जितमा डेनी अल्भेस, मार्टिनेली, ब्रुनो र रेनियरले गोल गरे । मेक्सिकोका रोड्रिग्वेजले एक गोल गर्दा अन्य तीन खेलाडी पेनाल्टीमा चुके । अब, ब्राजिलले फाइनलमा स्पेन र आयोजक राष्ट्र जापानबीचको विजेता टोलीसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल ६ अगस्टमा हुनेछ ।