एजेन्सी । जापानको राजधानी टोकियोमा जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको दोस्रो सेमिफाइनल खेलमा स्पेन फाइनलमा प्रवेश गरेको छ । जापानको यु–२३ टोलीलाई अतिरिक्त समयमा १–० गोलले हराउँदै स्पेनको यू–२३ टिम स्वर्ण पदक नजिक पुगेको हो ।
साइतामा स्टेडियममा स्पेनलाई जिताउन मार्को एसेन्सियोले निर्णायक गोल गरे । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा उनले गोल गर्दै स्पेनलाई जिताए । रियल म्याड्रिडका विंगर मार्को एसेन्सियोको गोलमा स्पेनले टोकियो ओलम्पिकमा पुरुष फुटबलतर्फ फाइनलमा स्थान पक्का गरेको छ ।
अब, स्पेनले स्वर्ण पदकको लागि ब्राजिलसँग खेल्नेछ । ब्राजिलले मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको छ । फाइनल खेल ६ अगस्टमा हुनेछ ।