मुम्बई ईण्डियन्स आईपिएल ईतिहासको सर्वाधिक सफल टिममा रहेको छ । भारतीय टिमका उपकप्तान र मुम्बईका कप्तान समेत रहेका रोहित शर्मा सर्वाधिक ५ पटक टिम मुम्बईलाई आईपिएलको च्याम्पियन बनाउन सफल रहेका छन् । केही साता अघि सम्पन्न १४औं संस्करणको आईपिएल अक्सन पछाडी टिम मुम्बई अझ ससक्त भएका छ ।
अक्सन पछाडी १४औं संस्करणका लागि मुम्बईको सम्भाबित अन्तिम ११ यस प्रकारको रहन सक्छ:
१)रोहित शर्मा(कप्तान)
टिमका कप्तान समेत रहेका शर्मा आईपिएल ईतिहासका सर्वाधिक सफल ओपनर समेत रहेका छन् । मुम्बईले जितेको ५ उपाधी कै नेतृत्वकर्ता रहेका शर्मा सर्वाधिक सफल कप्तान पनि हुन् ।
२)क्विन्टन डि कक(विकेट किपर)*
दक्षिण अफ्रिकी पुर्व कप्तान समेत रहेका रहेका डि कक हालको विश्व क्रिकेटका राम्रा ओपनर तथा विकेटकिपर मा पर्ने हुनाले यिनको स्थान टिममा लगभग पक्का जस्तै रहेको छ।
३)ईशान किसन
विभिन्न घरेलु प्रतियोगितामा बिस्फोटक ब्याट्सम्यानका रुपमा स्थापित नाम हो ईशान किसन यही उनको क्षमताका कारण भारतिय टिममा समेत उनको छनोट भएकाले मुम्बईको तेस्रो स्थानमा उनको स्थान लगभग पक्का रहेको छ।
४)सुर्यकुमार यादव
किसनकै जस्तै क्षमतामा रहेका यादवलाई पनि इंग्ल्याण्ड विरुद्धको टिट्वान्टी खेलका लागि छनोट गरिएको छ।यस अघिको आईपिएलमा देखिएको यादवको बिस्फोटक ब्याटिङ क्षमताका कारण अन्तिम ११ मा उनी पर्ने लगभग निश्चित जस्तै रहेको छ।
५)कायरन पोलार्ड*
अलराउन्डर पोलार्ड आफ्नो बिस्फोटक ब्याटिङ क्षमताका लागि चिनिन्छन् तथा कप्तान रोहितलाई आराम दिएको अवस्थामा पनि यिनमा कप्तानीको क्षमता पनि रहेका कारण पोलार्ड टिममा पर्ने लगभग निश्चित छ।उनी वेस्ट ईन्डिज टिमका वर्तमान कप्तान पनि हुन्।
६)हार्दिक पाण्ड्या
तिब्र गतिको बलिङ तथा बिस्फोटक ब्याट्सम्यानका रुपमा परिचित पाण्ड्याको अन्तिम ११ मा पर्ने लगभग निश्चित रहेको छ।
७)कुर्नाल पाण्ड्या
स्पिन बलर तथा ब्याटिङको समेत क्षमता रहेका पाण्ड्या अन्तिम ११ मा पर्ने लगभग निश्चित रहेको छ।
८)नेथन कुल्टन नायर*
तिब्र गतिका अस्ट्रेलियन बलर कुल्टन पछिल्लो क्रममा आई ठुला हिट मार्ने क्षमताका पनि रहेका छन्।
९)जसप्रित बुमराह
योर्कर किंगका रुपमा रहेका भारतिय तिब्र गतिका बलर बुमराहको अन्तिम ११ मा पर्ने सम्भावना लगभग निश्चित रहेको छ।
१०)ट्रेन्ट बोल्ड
न्युजिल्याण्डका तिब्र गतिका यि बलर आईसिसि बरियता क्रममा माथिल्लो स्थानमा रहेकाले र आईपिएलमा उत्कृष्ठ प्रदर्शन रहदै आएका कारण यिनको स्थान पनि अन्तिम ११ मा लभगभ सुनिश्चित रहेको छ।
११)राहुल चहर
भारतिय युवा लेग स्पिनर चहरको आईपिएल राम्रो गएको कारण यिनी पनि अन्तिम ११ मा पर्ने लगभग निश्चित छ।