एजेन्सी । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ‘पाओली रोस्सी’ अवार्ड जितेका छन् । इटालियन सिरी ए फुटबल क्लब युभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोलाई पहिलो संस्करणको उक्त अवार्डबाट सम्मान गरिएको हो ।
इटालियन फुटबल फेडेरेसनले विश्वकप विजेता रोस्सीको नाममा यो अवार्डको स्थापना गरेको हो । रोस्सीको गत डिसेम्बरमा ६४ वर्षको उमेरमा निधन भएको थियो । सन् १९७७ देखि १९८६ सम्म इटालीको राष्ट्रिय टोलीमा रहेका पाओलो रोस्सी इटालीले सन् १९८२ को विश्वकप जित्दा टोलीका मुख्य सदस्य थिए ।
इटालियन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई उक्त अवार्ड दिइने फेडेरेसनले जनाएको छ । रोनाल्डोले गत सिजनको सिरी ‘ए’ मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए ।