साउन २०, २०७८ बुधबार

एजेन्सी । डच फुटबल संघले बुधबार लुइस भान गाललाई राष्ट्रिय फुटबल टोलिको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ६९ वर्षीय प्रशिक्षकले सन् २०२२ सम्मको लागि टिम हेर्ने जिम्मेवारी पाएका छन् ।

अब नेदरल्यान्ड्सले छनोट भएमा २०२२ को विश्वकप भान गालको नेतृत्वमा खेल्नेछ । युरो २०२० को अन्तिम १६ मा नेदरल्यान्ड्स चेक गणतन्त्रसँग पराजित भएपछि प्रशिक्षक फ्रान्क डे बोरलाई बर्खास्त गरेको थिए ।

उनको स्थानमा भान गाल आएका हुन् । भान गाल तेस्रो पटक नेदरल्यान्ड्सको प्रशिक्षक नियुक्त भएका हुन् । भान गालले पहिलो पटक सन् २००० मा डच टिम सम्हालेका थिए । तर सन् २००२ को विश्वकपमा टिम छनोट हुन असफल भएपछि उनले राजीनामा दिए ।

भान गाल: "डच फुटबल सधैं मेरो मुटुको नजिक भएको छ र राष्ट्रिय कोचिंग मेरो विचार मा हाम्रो फुटबल को थप प्रगति को लागी एक महत्वपूर्ण स्थान हो। यसबाहेक, म यो डच राष्ट्रिय टीम को कोच को लागी एक सम्मान को रूप मा मान्दछु।" उनले भने