काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले आज बुधबार बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई बोलाएको हो । क्यानले बोलाएको बन्द प्रशिक्षणमा गुलशन झा पहिलो पटक परेका छन् । उनले मेयर्स कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । क्यानले नेपाली टोलीको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने जनाएको छ । प्रशिक्षणमा सहभागी हुने सबैको पीसीआर परिक्षण भईसकेको क्यानले जनाएको छ ।
सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आईसकेका छन् ।नेपाल,ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुनेछ । बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीहरु - ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,रोहित कुमार