एजेन्सी । इटालियन सिरी ए च्याम्पियन क्लब इन्टर मिलानका मिडफिल्डर क्रिस्टियन एरिक्सन प्रशिक्षण मैदान फर्किएका छन् ।
हृदयघात भएपछि पहिलोपटक डेनमार्कका खेलाडी एरिक्सन क्लबको प्रशिक्षण मैदान फर्किएका हुन् । एरिक्सनले बुधबार इन्टरका प्रशिक्षणरत सहकर्मीसँग भेट गरेका थिए । सनिङ ट्रेनिङ सेन्टर आएका उनले टिमका सदस्यसँग छलफल गरेको इन्टरले जनाएको छ ।
उनी ५३ दिनपछि ट्रेनिङ मैदान फर्किएका हुन् । हाल एरिसक्नले कोपेनहममा डेनिस चिकित्सकसँग उपचार गराइरहेका छन् । एरिक्सन युरो कप २०२० का क्रममा हृदयघातका कारण मैदानमै ढलेका थिए । त्यसपछि उनलाई मैदानमै सिपिआर दिइएको थियो, जसका कारण उनको ज्यान बचेको थियो ।