साउन २३, २०७८ शनिबार

२३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टिमका तीन खेलाडी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल नेत्रहीन क्रिकेट संघले १६औं वार्षिकोत्सवको अवसरमा शुक्रबार नेपालको नेत्रहीन क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । संघले हरेक वर्षको साउन २२ गते वार्षिकोत्सव मनाउने गर्छ ।

सम्मानित हुनेमा बी ३ समूहतर्फ राष्ट्रिय टोलीका उपकप्तानसमेत रहेकी गीता पौडेल, बी २ बाट भगवती अमगाई र बी १ बाट मुना अरियाल रहेकी छिन् ।

उनीहरूलाई ५-५ हजार र कदरपत्रबाट सम्मान गरिएको संघले जनाएको छ ।