काठमाण्डौ।
नेपाल फुटबल टिमका गोलकिपर किरण चेम्जोङ भारतीय फुटबल प्रतियोगिता आई लिगको महिनाको उत्कृष्ट ११ खेलाडीमा पहिलो रोजाईका गोलकिपर बनेका छन ।आई लिगले सार्वजनिक गरेको महिनाको उत्कृष्ट खेलाडी खेलाडी टिममा किरणपनि परेका छन । जारी आई लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका किरण फेब्रेवरी महिनाको उत्कृष्ट ११ खेलाडीको सूचीमा परेका हुन ।
सो टिममा डिफेन्डरमा चार जना, मिडफिल्डमा चार र दुई जना स्ट्राइकर रहेका छन । पञ्जाव फुटबल क्लवबाट भारतीय आई लिग खेलिरहेका किरणको टिमले ११ खेल खेल्दा पाँच जित तीन बराबरी र दुई हार ब्यहोर्दै दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा पञ्जावले १२ गोल गर्दा सात गोल खाएको छ ।