साउन २४, २०७८ आइतबार

 एजेन्सी । इंग्लिस एफए कम्युनिटी शिल्डको उपाधि लेइस्टर सिटीले जितेको छ । शनिबार राति इङ्ग्ल्यान्डस्थित वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा म्यानचेस्टर सिटीमाथि १–० गोलको रोमाञ्चक जित निकाल्दै लेइस्टरले उपाधि जितेको हो ।

लेइस्टरको जितमा केलेची इहोनाचाले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ८५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इहेनाचालेले लेइस्टरलाई उपाधि दिलाए । यो सँगै लेइस्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । यता पराजित सिटी भने सातौं पटक उपाधि जित्नबाट चुकेको छ ।

कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्छन् । लेइटर एफए कप विजेता हो भने सिटी प्रिमियर लिग विजेताको हो ।