साउन २४, २०७८ आइतबार

साताको कारोबारको पहिलो दिन आज आइतबार सुनचाँदीमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलामा १५ सय रुपैयाँले घटेर प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ।

त्यस्तै तेजावी सुन आज प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यता चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।