साउन २४, २०७८ आइतबार

अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटकहरूका लागि रकेटयुक्त सब अर्बिटल जहाजको टिकटको बिक्री पुनः खुला गरिएको जनाएको छ । यसअघिको मूल्यभन्दा निकै सस्तो अर्थात् चार लाख ५० हजार अमेरिकी डलरमा टिकट बिक्री गरिने कम्पनीले जनाएको छ ।

एक दशकदेखि अन्तरिक्ष पर्यटनमा शुरु गर्ने बताइरहेको भर्जिन ग्यालेक्टिकका मालिक रिचार्ड ब्रान्सन जुलाई १२ गते सफलतापूर्वक अन्तरिक्षमा पुगेर फर्किएसँगै अन्तरिक्ष पर्यटनलाई व्यावसायिक रूपमा शुरु गर्ने निधो गरेको हो । आगामी वर्ष सन् २०२२ देखि व्यवसायिक कार्य शुरु गरिने कम्पनीले उल्लेख गरेको छ ।

अन्तरिक्षमा जाने टिकट बुकिङका लागि कम्पनीले विभिन्न तीन खाले टिकट प्याकेट उपलब्ध गराएको छ । जसमा एउटामात्र सिट रिजर्भ गर्नका लागि चार लाख ५० हजार डलर तिर्नुपर्ने छ ।