साउन २४, २०७८ आइतबार

काठमाडौं : आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । सूचक हरियो हुँदा खरिदबिक्री रकम पनि राम्रो रहेको छ । १४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

कारोबार खुलेसँगै सामान्य उचारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ०.०२ प्रतिशतले बढ्यो । परिसूचक ३ हजार १०८ अङ्कमा कायम भएको छ। दिउँसो १ बजे बजार २ हजार १२१ सम्म पुगे पनि वृद्धिदर सम्हालिन सकेन।

यस दिन ८२ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रह्यो। पछिल्ला दिनहरूमा विशेषगरी हाइड्रोपावर समूहमा क्रेज देखिएको छ । टप टर्नओभरमा परेका १० वटै कम्पनी हाइड्रोपावर समूहका रहेका छन् । आधा दर्जन कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । जसमा ५ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । 

समग्रमा बजार हरियो देखिए पनि केही समूहगत सबइन्डेक्सहरू बाहेक सबै घटेर रातो देखिएका छन् ।
समूहगत रूपमा हेर्दा यस दिन बैंकिङ ०.०३ अङ्कले घटेको छ। होटल तथा पर्यटन ३९.९, जीवन बीमा १२५, लघुवित्त ७४, निर्जीवन बीमा २०२, अन्य २० रब्यापार ४० अङ्कले घटेका छन्।  विकास बैंक ६६, फाइनान्स २१, जलविद्युत ११५ र उत्पादन समूह ६ अङ्कले बढे।जलविद्युत कम्पनीका लगानीकर्ता यस दिन बढी मूल्य कमाउन सफल भए। अपि पावर, युनिभर्सल पावर र ङादी ग्रुपको मूल्य १० प्रतिशतले बढ्यो ।