साउन २४, २०७८ आइतबार

जापानमा आयोजित विश्व खेलकुदको कुम्भमेला ओलम्पिक खेलकुदको समापन भएको छ।

आइतबार जापानको राजधानी टोकियोमा आयोजित भव्य समारोहका बीच ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको समापन गरिएको हो।

३२ औँ ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रह्यो। उसले ३९ स्वर्ण, ४२ रजत र ३३ कास्यसहित कुल ११३ पदक जित्यो।

यस्तै दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक हात पार्‍यो। तेस्रो स्थानमा रहेको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी कुल ८८ पदक जित्यो।

टोकियो ओलम्पिकमा २०६ देशका ११ हजारभन्दा बढी खेलाडीहरुको सहभागिता थियो। अब सन् २०२४ को गृष्मकालीन ओलम्पिक फ्रान्समा हुनेछ।