साउन २५, २०७८ सोमबार

काठमाडौ,२५साउन । बितेको एक वर्षमा नेपालबाट विदेश जानेभन्दा विदेशबाट नेपाल फर्कने नेपालीको सङ्ख्या बढी पाइएको छ । अध्यागमन विभागका अनुसार गत आर्थिक वर्ष २०७७÷७९ मा विदेशबाट स्वदेश फर्किने नेपालीको सङ्ख्या ४ लाख १४ हजार ४५० रहेको छ।

सोही अवधिमा नेपालबाट ३ लाख ४ हजार १९९ जना नेपाली विदेश गएका छन् । एक वर्षमा विदेश जानेभन्दा फर्किनेका सङ्ख्या एक लाख १० हजार २५१ ले बढी रहेको छ ।