काठमाण्डौ।
नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तानी सुपर लिग(पिएसएल)मा सहभागी हुन पाकिस्तानको कराची पुगे पनि कोरोना महामारीका कारण स्थगित भए पश्चात नेपाल फर्कदै छन् ।
उनको भोलीबाट काठमाण्डौमा सुरु हुने काठमाण्डौ मेयर कपमा सहभागिताको सम्भावना बढ्दै गएको छ ।
उनी कुन टोलीबाट खेल्ने स्पष्ट रुपमा थाहा नभए पनि महानगर ११ बाट उनी खेल्न सक्ने अनुमानमा गरिएको नेपाल क्रिकेट संघले आज पत्रकार सम्मेलन गर्दै उनले सोही टिमको कप्तानी गर्ने जानकारी दिएको छ ।