नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेट (निफ्रा) ले काठमाण्डौको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन स्काई वाक टावरमा लगानी गर्ने भएको छ ।
देशकै पहिलो स्काई वाक टावर निर्माण तथा सञ्चालनका लागि निफ्रा र बोन्डर्स ग्रुपबीच सम्झौता भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)श्रीराम कृष्ण खतिवडाले जानकारी दिनुभयो ।
काठमाण्डौको कमलादीमा निर्माणाधीन स्काई वाक टावर ७८ मिटर अग्लो हुने छ । टावरमा योगा स्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापका संरचना तयार हुनेछन् । देशकै अग्लो टावरबाट काठमाण्डौ उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ ।
भेडेटारमा बन्ने टावर प्रदेश १ को लगानी प्राधिकरण र परियोजनाबीचको सम्झौताअनुसार निजी साझेदारी अवधारणामा निर्माण हुने छ । बैंकले दुवै परियोजना निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा सीमा स्वीकृत गरेको छ ।