साउन २५, २०७८ सोमबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरे पनि निर्णय भने हुन सकेन ।

‘मन्त्रिपरिषद् बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया अझै पुरा गर्नुपर्ने देखियो । त्यसैले सोमबारको बैठकले निर्णय गर्न सकेन’, मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘अर्को बैठकले निर्णय गर्ने छ ।’

तर सोमबारको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको भने सरुवा गरेको छ ।