प्रधानसेनापति पूर्णचन्द्र थापा मंगलबारदेखि घर बिदामा बस्दै छन् । थापाको तीन वर्षे कार्यकाल आउँदो भदौ २४ गते सकिँदैछ, त्यसको एक महिनाअघि उनी घर बिदामा बस्न लागेका हुन् ।
प्रधानसेनापति थापाले सोमबार कायममुकायम प्रधानसेनापति तथा बलाधिकृत रथी प्रभुराम शर्मालाई कार्यभार हस्तान्तरण गरेका थिए ।
सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित कार्यक्रममा थापाले शर्मालाई आफ्नो जिम्मेवारीको अख्तियारी प्रदान गरेका थिए । उनले भदौ २४ गते प्रधानसेनापतिको पूर्ण जिम्मेवारी शर्मालाई बुझाउने छन् । शर्मा नेपालको ४४ औँ प्रधानसेनापति हुने छन् ।