साउन २६, २०७८ मंगलबार

 मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ। 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आज विहान आईपीओ बाँडफाँट भएको हो। सर्वसाधारणका लागि छुट्याइएको शेयर ६८ हजार ४ सय ६८ जनाले गोलाप्रथाबाट १०–१० कित्ताका दरले पाएका छन्। त्यसैगरी ६ जनाले भने ११–११ कित्ता शेयर पाएका छन् । करीब २० लाखको हात खाली भएको हो ।   

कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९ सय २५ जना आवेदनले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए। 

कूल निष्काशन मध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो।