साउन २६, २०७८ मंगलबार

 बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको टाइटल स्पोन्सर भएको छ । प्रतियोगिता आउँदो सेप्टेम्बर २५ देखि काठमाडौँंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

१४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइज क्लबहरु सहभागी हुने छन् । सहभागी टोलीमा विराटनगर वारियर्स, काठमाडौँ किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन् ।

बजाज पल्सर एभरेस्ट प्रिमियर लिग २०२१ का केही स्टार खेलाडीहरुमा शाहीद अफ्रिदी ९पाकिस्तान०, शोएब मलिक ९पाकिस्तान०, कार्लोस ब्रेथवेट ९वेस्ट इन्डिज० हरु सामेल रहेका छन् ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले भने, ‘बजाज पल्सरलाई सधैँ नेपाली युवाहरुले माया गरिदिनुभएको छ । हालैका वर्षहरुमा क्रिकेट पनि नेपाली युवाहरुको जोश बनेको छ । यसैले, हामी नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईपीएलको लागि टाइटल स्पन्सर बन्ने निर्णय गरेका छौँ । हामीले सधैँ नेपालमा खेलकुदलाई बढावा दिएका छौँ र वर्षौँदेखि खेल पुरस्कारमा प्रायोजन गर्दै आएका छौँ । यो एसोसिएसनले पक्कै पनि देश भरीबाट धेरै गुणस्तरीय खेलाडीहरुलाई जन्म दिनेछ, र हामीलाई आशा छ कि उनीहरु पनि राष्ट्रिय टोलीको लागि नयाँ खोजको रुपमा स्थापित हुनेछन् । बजाज पल्सर नेपालमा खेलकुदको विकासको लागि हरदम हरपल प्रतिबद्ध छ र रहिरहने छ ।’

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले ्भने, ‘ईपीएलले आफ्नो स्थापनाकालदेखि नै नेपाल र विदेशका क्रिकेट प्रेमीहरुबाट ठूलो ध्यान जुटाउन सफल भएको छस र मार्केटिङ्ग क्षेत्रमा पनि यसको परिणाम स्वरूप प्रभाव देखिएको छ । हामी सधैँ पक्का छौँ कि जुन ब्रान्डलाई ईपीएलले सधैँ प्रायोजन गर्दछ त्यो ब्रान्डको ईपीएलको समापन पछि सधैँ नै उच्च सम्मान रहन्छ ।’