साउन २६ काठमाडौं । नेपाली फुटबलमा आशा लाग्दा खेलाडीका रूपमा उदाएका आयुष घलान आगामी शहिद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा अनुबन्ध भएका छन् ।
घलानलाई अनुबन्ध गरेको कुरा थ्रीस्टारले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत समेत जानकारी गराएको छ । घलानले थ्रीस्टारको जर्सी नम्बर १९ लगाएर मैदानमा उत्रिने छन् ।
हाल १८ वर्ष पुगेका घलानले विश्वकप छनौटतर्फ गत जुन ११ तारीखका दिन कुवेतमा भएको अष्ट्रेलियाविरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । केही समयअघि सम्पन्न नेपाली फुटबल इतिहासकै पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा उनले पोखरा थन्डर्सका लागि समेत खेलेका थिए ।