साउन २६, २०७८ मंगलबार

साउन २६ काठमाडौं । केही दिन अघि मात्रै स्पेनिस ला लिगा फुटबल क्लब  बार्सिलोनाबाट बिदाई भएका अर्जेटिनी सुपरस्टार लियोनल मेस्सी फेन्च क्बल पीएसजीमा आबद्ध भएका छन् । 

मेस्सीले पीएसजीको प्रस्तावमा सहमति जनाउँदै २ वर्षका लागि सम्झौता गर्न लागेका हुन् । त्यस्तै उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि रहनेछ । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा अनुबन्धन गरेको हो । थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ‌‌।

उनी ३५ मिलियन यूरोमा पीएसजी भित्रिएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । अब पीएसजीले चाँडै नै मेसीलाई औपचारिक रूपमा सार्वजनिक गर्ने बताइएको छ ।