२७ साउन,काठमाडौं । केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ८८ हजा ८ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर नेपालमा पनि देखिएको हो । आजका लागि महासंघले तेजावी सुनको भाउ ८८ हजार ३५० रुपैयाँ कायम गरेको छ ।
मंगलबार ८८ हजार ७५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । मंगलबारभन्दा तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।