लियोनेल मेसीले बार्सिलोना छोडेपछि नेमारको टिम पिएसजीमा सामेल भएका छन। उनको वार्षिक साढे ३ करोड डलर पाउने गरी करार गरेका छन।
संसारकै प्रशिध्द फुटबलर मेसीले फ्रान्सेली क्लब पेरिस सेण्ट जर्मेन पिएसजीसंग आबध्द हुन हिजो पेरिस पुगेका थिए। उनको एक झलक पाउनका लागि फुटबल प्रेमीहरुको घुईंचो लागेको थियो।
अर्जेण्टिनाका मेसीले बार्सिलोमा २१ वर्षसम्म खेलेका थिए। उनले हालै अर्जेण्टिनाका लागि कोपा अमेरिका कप फुटबल जितेका थिए। हिजो पेरिस पुगेर उनले नयाँ क्लबसंग सम्झौता गरेका थिए। उनले एक वर्षको साढे ३ करोड डलर पारिश्रमिक पाउने छन। उनको करारको अवधि १ वर्ष थपिने सम्भावना रहेको छ।
१३ वर्षको उमेरमा बार्सिलोनाको युथ एकेडेमीमा आबध्द भएका मेसीको करार यस वर्षको जुनको ३० तारिख समाप्त भएको थियो। बार्सिलोना क्लबको आर्थिक स्थिति तथा क्लबलाई लागेको लिगको नियमको कारण मेसी उक्त क्लबबाट अलग हुनु परेको थियो। मेसी बार्सिलोनामै रहन चाहन्थे जसका लागि उनि आफ्नो पारिश्रमिकमा ५० प्रतिशत कटौती गर्न समेत चाहन्थे। तर यसको बाबजुद पनि बार्सिलोना क्लब उनलाई राख्न सक्षम थिएन।
यदि करारको सबै औपचारिकता छिटो पुरा भयो भने मेसीले यही शनिवार पिएसजीको घरेलु मैदानमा खेल्न सक्नेछन।