एजेन्सी । ४६औं संस्करणको युइएफए सुपर कपको उपाधिका लागि आज इंग्लिस प्रिमियर लिग क्लब चेल्सी र स्पेनिस ला लिगा फुटबल क्लब भिल्ला रियलबीच रोमाञ्चक भिडन्त हुदैछ । उक्त फाइनल खेल बुधबार (आज) राति नेपाली समयअनुसार १२ः४५ बजेबाट सुरु हुने छ ।
सुपर कपको उपाधिका लागि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले खेल्छन् ।चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता हो । उसले सिटीमाथि जित निकाल्दै उपाधि जितेको थियो । भिल्लारियल भने युरोपा लिगको विजेता टिम हो । भिल्लाले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा १०–११ गोलको जितसहित उपाधि उचालेको थियो ।
म्यानचेस्टर क्लबलाई फाइनलमा हराएर उपाधि जितेका दुवै टोलीले आज आयरल्यान्ड सुपर कपको उपाधिका लागि खेल्ने छन् । चेल्सीले हालसम्म एकपटक सन् १९९८ मा सुपर कपको उपाधि जितेको छन् । त्यसबाहेक तीन पटक ऊ फाइनलसम्म मात्र पुगेको छ । भिल्लारियल भने सुपर कपमा नयाँ टिम हो ।