१३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको प्रदत्त मौलिक हक, वाक स्वतन्त्रता कुन्ठित गर्ने ढङ्गले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको उनले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोधेको थियो ।
हेर्नुहोस् भट्टराईको राजीनामा पत्र :