साउन २७, २०७८ बुधबार

२७ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकहरूलाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएकी छिन् । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरेको हो ।

हाल यस्तो सुविधा १० युनिटसम्म मात्रै खपत गर्नेहरूले पाइरहेका छन् ।

महसुलबारेको निर्णय विद्युत् नियमन आयोगले गर्ने भएकाले आयोगले निर्णय गरेको दिनबाट यो महसुलदर लागू हुनेछ ।