काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ८८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ३ सय ५० रूपैयाँमा काराेबार भएकाामा आज ६ सयले बढेकाे हाे ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय ५० रूपैयाँ रहेको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।