२८ साउन काठमाडौं । ललितपुरको रुसलान थ्री स्टार फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि आफ्ना कप्तान विक्रम लामासँग सम्झौता नवीकरण गरेको छ ।
क्लबले आज बिहीबार विक्रमसँग सम्झौता नवीकरण गरेको जानकारी गराएको हो । उनी विगत ११ वर्षदेखि थ्री स्टारबाट खेल्दै आएका छन् ।
‘थ्री स्टार क्लबसँग जोडिएको १२ वर्ष पूरा भएको छ । यी वर्ष निकै उतारचढाव, त्याग र कडा मिहिनेतका साथ बिते,’ विक्रमले अनुबन्धपछि भने,‘थ्री स्टार मेरो घरजस्तै भइसकेको छ । क्लब परिवारप्रति निकै आभारी छु ।’
‘हाम्रो टिममा उत्कृष्ट खेलाडी छन् । यहाँ सबैको लक्ष्य उपाधि जित्नु रहेको छ । मलाई आशा छ, हामी त्यसका लागि कडा मिहिनेतका साथ संघर्ष गर्ने छौँ ।’ उनले भने
१४ टोलीको सहभागिता रहने ‘ए’ डिभिजन लिग कार्तिक २९ बाट सुरु हुँदै छ ।