२८ साउन काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले टोलीका मुख्य प्रशिक्षकमा प्रवेश कटवाललाई निरन्तरता दिएको छ ।
मछिन्द्रले बिहीबार मुख्य प्रशिक्षक कटवालले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ । प्रशिक्षक कटवालले मछिन्द्रलाई पहिलो पटक 'ए' डिभिजन लिगको उपाधि दिलाएका थिए । उक्त सिजन कटवाल उत्कृष्ट प्रशिक्षक चुनिएका थिए ।