घरेलु टोली न्युजिल्याण्ड र पाहुना टोली अस्ट्रेलिया बिचको ५ खेलको टिट्वान्टि शृखंला २ २को बराबरीमा पुगेको छ आज भएको चाथौँ खेलमा अस्ट्रेलिया ५० रनले विजयी भए पछि शृखंला बराबरी भएको हो ।
टस जितेर पहले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।उसका लागि कप्तान आरोन फिन्चले ७९ रनको ईनिङ खेले भने अन्यले खासै राम्रो प्रदर्सन गर्न सकेनन् ।
१५७ रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.५ ओभरमा १०६ रनमा अल आउट भए पश्चात पाहुना टोली ५० रनले विजयी भयो । उनका ६ खेलाडी १०० माथीको स्ट्राईक रेटमा पनि रन बनाउन सकेनन् ।
निर्णयक खेल भने आगामी आईबार बिहान हुनेछ ।
फिन्चको नयाँ किर्तिमान
अस्ट्रेलियाका कप्तान समेत रहेका आरोन फिन्च ले टिट्वान्टि अन्तराष्ट्रियमा अस्ट्रेलियाका लागि सर्वाधीक रन बनाउने खेलाडी बनेका छन् ।
डेविड वार्नरको २२६५ को किर्तिमानलाई पछि पादै २३१० रन बनाएका छन् ।