भारतले नेपालमा रेल सञ्चालन हुन नसक्ने व्यहोराको पत्रसहित चेतावनी दिएको छ। भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले जयनगर(कुर्था रेल्वे सञ्चालनमा नेपाली पक्षका कारण अनिश्चितता भएको भन्दै सम्झौता रद्द गर्ने चेतावनी दिएको हो।
बुधबार नेपाली रेल निर्माता कोंकण रेल्वले छिट्टै रेल सञ्चालन नगरे सम्झौता रद्द गर्ने व्यहोराको पत्र नेपाल रेल्वे कम्पनीलाई लेखेको हो। रेल्वे कम्पनीका महाप्रबन्धकबाट गुरु भट्टराईले हिजै राजीनामा दिइसकेका छन्। कोंकणले भट्टराईको राजीनामा आएपछि यस्तो चेतावनी दिएको हो।
तत्कालीन केपी ओली सरकारले भट्टराईलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो। त्यसपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले भट्टराईलाई स्पष्टीकरण सोधेको थियो। तर भट्टराईले आफूलाई स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको र पदबाट हटाउने ुकुचेष्टाु मात्र भएको पत्रकार सम्मेलन गरी बताएका थिए। उनले आफ्नो व्यक्तिगत सम्बन्धले मात्र नेपालमा रेल सञ्चालन हुन सक्ने र आफू यो पदमा नरहे समस्या आउने बताएका थिए।
यस्तो छ भारतले पठाएको पत्र


