नयाँ बानेश्वरस्थित बुद्धनगर यूएन पार्क पुलनजिकै सुविधासम्पन्न रेल स्टेसन रेस्टुरेन्ट सञ्चालनमा आएको छ । तीनजना युवाले करीव एक करोडबढीको लगानीमा भिन्न परिवेशलाई लक्षित गर्दै रेल स्टेसन नाम दिएर रेष्टुरेन्ट सुरुवात गरेका हुन् ।
रेलको जस्तै आकारमा सञ्चालनमा ल्याइएको उक्त रेस्टुरेन्टको भित्र बसेर बागमती किनारको दृश्यावलोकन गर्न सकिने छ । पछिल्लो समय बागमती शुद्धीकरण भएसँगै यूएन पार्क आउने व्यक्तिहरूलाई मध्यनजर गर्दै रेस्टुरेन्ट सुरु गरेको व्यवस्थापक सुदन बन्जाडेले बताए । १० वर्षदेखि व्यवसायमा लागेका यी युवा टाेली नेपाल मै केही उदाहरणीय काम गर्ने जोशका साथ काम थालेको बताउँछन् । यहाँ रेल स्टेसन आकारको डिब्बामा बसेर वरिपरिको आन्नदमय वातावरणको अवलोकन गर्न सकिन्छ भने पारिवारिक एवं विभिन्न पार्टी, जमघट, सेमिनार, बैठकलगायत सम्पूर्ण सुविधा रहेको बन्जाडेले बताए । रेस्टुरेन्टकाे मुख्य आकषर्ण भनेको पहाडी र हिमाली जिल्लाबाट ल्याइएका अर्गानिक खाद्य वस्तुको परिकार रहेको छ । यस्तै रेस्टुरेन्टमा आउने पाहुनाहरूका लागि सर्वसुलभ खाना नास्तासँगै आरामदायी सेवाको व्यवस्था रहेको रेस्टुरेन्ट सञ्चालक जनक खत्रीले बताए ।