चीनको मध्य भागमा अत्यधिक वर्षापछि आएको बाढी र पहिरामा परेर कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरूमा परी अरू चारजना हराइरहेका छन् ।
चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । वर्षाका कारण आठ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले बताएका छन् ।