साउन २९, २०७८ शुक्रबार

एजेन्सी । स्पेनिस फुटबलको शीर्ष डिभिजनको लिग ला लिगा २०२१/२२ को सिजनको आजबाट सुरु हुन लागेको हो । आज पहिलो दिन एक खेल हुँदै छ भने भोलि शनिबार चार खेल हुनेछ । 

आज राति हुने खेल नेपाली समयअनुसार १२ः४५ बजे भ्यालेन्सिया र गेटाफेले खेल्नेछन् । भ्यालेन्सियाको मैदानमा हुने यस खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । अघिल्लो सिजन भ्यालेन्सियाले १३औं र गेटाफेले १५औं स्थानमा रहेर लिगको अन्त्य गरेका थिए ।

यो सिजन ला लिगा दर्शकसहितको रङ्गशालामा हुने जनाइएको छ । अघिल्लो सिजनको उपाधि भने एथ्लेटिको मड्रिडले जितेको थियो भने रियल उपविजेता बनेको थियो ।