एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजन २०२१/२२ को पहिलो खेलमा आर्सनल पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २-० ले पराजित भएको हो ।
घरेलु टोली ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक एक गोल गरे । खेलको २२ औं मिनेटमा सेर्गीले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा क्रिस्टियनले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० को जित दिलाए ।
उक्त जितसँगै ७४ वर्ष पछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले शीर्ष लिगमा सुखद सुरुवात गरेको हो । र, महत्वपूर्ण तीन अंक जोडेको छ ।
यता पराजित आर्सनलले भने हारबाट सिजनको सुरुवात गरेको छ ।