साउन ३०, २०७८ शनिबार

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति भएको नयाँ सिजन २०२१/२२ को पहिलो खेलमा गेटाफेलाई १-० ले पराजित गर्दै भ्यालेन्सियाले सुखद सुरुवात गरेको हो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीको जितमा कार्लोस सोलेरले निर्णायक गोल गरे । उनले खेलको ११ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

त्यसअघि तेस्रो खेलमा हुगो गुइलामोनले रातो कार्ड पाएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो । यता दोस्रो हाफको खेलको ७६ औं मिनेटमा एरिक काबाकोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पाहुना टोली गेटाफेपनि १० खेलाडीमा सिमित भएको थियो ।

उक्त संघर्षपूर्ण जितसँगै भ्यालेन्सियाले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।