साउन ३०, २०७८ शनिबार

काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा सहभागी नहुने भएका छन् । 

आगामी सेप्टेम्बर २ र ५ तारिखमा दशरथ रंगशालामा नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषणा गरिएको टिममा कप्तान सुनिललाई आराम दिइएको छ ।

आसन्न साफ च्याम्प्यिनसिप र एशियन कप छनोट चरणको तयारीमा रहेको भारतले नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि आराम दिएको हो । भारतका प्रमुख प्रशिक्षक इगोर स्टिम्याकले शुक्रबार २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

भारतीय २३ सदस्य टोली 
- धीरज सिंह मोरङ्गथेम, विशाल कैथ, डिफेन्डरहरु आशिष राई, सेरिटन फर्नान्डेज, अदिल खान, चिङ्ग्लेसाना सिंह, राहुल भेके, आकाश मिश्र, मन्दार राउ देसाइ र ब्रान्डन फर्नान्डेज,  ललेङ्गमाविया, ग्लैन मार्टिन्स, जिक्सन सिंह, अनिरुद्ध थापा, ब्रान्डन फर्नान्डेज, साहल अब्दुल समाद, हलिचरण नजारी, बिपीन सिंह र यासिर मोहम्मद रहेका छन् ।

स्ट्राकरको रुप्मा राहुल केपी, फारुख चौधरी, इशान पण्डीता र रहिम अलि पनि टिममा रहेका छन् । यसैगरी दुई गोलरक्षक अम्रिन्दर सिंह, गुरप्रित सिंह र अम्रिन्दर सिंह पनि केही समय पछि टिममा समावेश हुने बताइएको छ ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले घरेलु मैदानमा भारतसँग खेल्दै छ । काठमाडौंमा केही समय अभ्यास गरेको नेपाली टिम यतिबेला पोखरामा अभ्यास गरिरहेको छ ।