साउन ३०, २०७८ शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई भेटेर नेपाली क्रिकेटका लागि दिएको योगदानका लागि धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले मात्र अन्तरराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएका खड्काको आगामी यात्राका लागि शुभकामनासमेत दिएका छन् ।

​देउवाले लेखेका छन् -
दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा @paras77 लाई धन्यवाद।
नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।