लेबनानको उत्तरी क्षेत्र अक्करमा इन्धन बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको भने ७९ जना घाइते भएका छन।
विस्फोटको कारण स्पष्ट भएको छैन।
लेबनानी रेडक्रसले ट्वीटरमा हाम्रो टोलीले अक्करमा इन्धन ट्याङ्कर विस्फोटबाट २० वटा शव ल्याएको जनाएको छ।
सरकारी राष्ट्रिय समाचार एजेन्सीले सेनाले जफत गरेको इन्धनको कन्टेनर विस्फोट भएको जनाएको छ।
पेट्रोल भर्न कन्टेनर वरपर जम्मा भएका मानिसहरु बीच राती झगडा पछि विस्फोट भएको थियो। विस्फोट हुनु भन्दा पहिले सेनाले सो क्षेत्र छोडेको थियो।
अक्कर अस्पतालका एक कर्मचारी यासीन मेटलेजले लाशहरु यति जलेका छन् कि हामी उनीहरुलाई चिन्न सक्दैनौं भनि एएफपीलाई जानकारी दिएका छन। उनले अस्पतालले धेरैजसो घाइतेहरुलाई फर्काउनु पर्यो किनकि गम्भीर जलेको उपचार गर्न सो अस्पताल असमर्थ छ।
केही दशकयता देखेको नराम्रो आर्थिक संकटमा फसेको लेबनान, गरीबी र औषधि र इन्धन जस्ता आधारभूत बस्तुहरुको अभाव संग जुधिरहेको छ